जन–जनका मन–मनमा सेवा गर्ने महान् भावना ओतप्रोत गराउन “सेवा नै धर्म हो” भन्ने मूल नारालाई अङ्गीकार गरे र २०६४ पौष २९ देखि क्रियाशील राष्ट्रि य परोपकार महासंघ, नेपालले हालसम्म आफ्नो सांगठनिक संजाल देशको ४५ जिल्लासम्म विस्तार गरिसके को छ। यस संस्थाका परिकल्पनाकार भागवत भाष्कर गुरुदेव श्री कमलनयन गौतमज्यूको नेतृत्वमा आगामी दिनमा थप जनउपयोगी तथा वैद्धिक धर्मसंस्कृ ति अनुकु लका सामाजिक कार्यहरु
सहित ७५ जिल्लामा पुग्ने लक्ष्यका साथ अगाडी बढे को छ। सर्वतीर्थकदम्वक गण्डकी प्रस्रवण क्षेत्रलाई विश्वभरिका ओम्कार परिवारहरुको कल्पबासको उपर्युक्त तिर्थभूमिको रुपमा विकास गरे र आध्यात्मिक पर्यटनको प्रवर्दन गर्ने महान लक्ष्य प्राप्तिको निमित्त क्रियाशील यो विशुद्ध सामाजिक संस्था हो । आध्यात्मिक व्यकित्त्वको नेत्रित्वोमा रहेर
पनि धार्मिक अतिबाद र अन्धविश्वासको खिलाफ आवाज बुलन्द गर्ने यो संस्था कारण र कार्यको अनुसन्धान गरे र वैदिक विधि र परम्पराको जनोपयोगी तर्क युवापुस्तामा प्रशारण गर्दै वैदीक सनातन धर्मको महानता प्रदर्शन गर्न
कटिवद्ध छ । हाम्रा सबै पुराण तथा शास्त्रहरूको सार सबैको उपकार शास्त्रधारणको निमित्त हो, उपदेश अनुकरण गरे र प्राकृ तिक पद्धतिलाई निरन्तरता दिनको निम्ति हो। तर समय अन्तरालको परिवर्तनमा हाम्रो चलन व्यवहार शास्त्र अनुकु ल नभएर स्वार्थमय भएको अनुभूति गरिएको छ। हाम्रो आवस्यकताको फे हरिस्त विदेशस्तरको हुन पुगेकोले उक्त आवस्यकता पूरा गर्न प्रकृ ति र धर्मपरम्परालाई नै धरौटी राख्न पुगेका छौं । हाम्रो आवस्यकताको निर्धारण आफ्नै प्राकृ तिक एवं सामाजिक परिवेशमा गर्नु पर्थ्यो तर संचारको गतिले हामीलाई घिसारे र क्षितिजमा पुराइदिएको छ। आधुनिक शिक्षा र प्रविधिको नाममा क्षितिज छु ने बहानामा हामीले आफ्ना धेरै मौलिकता गुमैसके का छौं र हराउने यो क्रम अझै तीव्र छ। शास्त्र अनुकु ल समाजको चलन व्यवहार व्यवस्थापन गर्न यस संस्थाले देशका विभिन्न
जिल्लामा परोपकारका कार्यहरु गर्दै आएको कु रा जनजनमा सर्वविदितै छ।